www.tandavnews.com
Fact ~ In search of truth

दायित्वबोधका साथ एकताबद्ध बन्न प्रेरणा देओस्ः मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि अघि बढ्ने बताएका छन् ।

मुख्मन्त्री गुरुङले २६औँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना दिँदै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न साझा दायित्वबोधका साथ एकताबद्ध भई लाग्न आजको दिनले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।

Batas

बन्दाबन्दी हटे पनि कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन उनले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघले सन् १९९४ मा आदिवासी जनजातिका आधारभूत मानवाधिकार संरक्षण र संर्वद्धनका लागि विश्व आदिवासी दिवस मनाउने घोषणा गरेको थियो ।

नेपालमा पनि आदिवासी जनजातिको अधिकार र मागलाई उठान गर्ने दिनका रूपमा प्रत्येक वर्ष अगष्ट ९ का दिन यस दिवस विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.