www.tandavnews.com
Fact ~ In search of truth

आदिवासी जनजाति भ्रममा पर्नु हुदैन, नाम मात्र पहिचान होईन : अर्थमन्त्री गुरुङ

सुशान्त गाहा मगर,

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आदिवासी जनाजाति भ्रममा पर्न नहुने बताएका छन् ।

Batas

२६ औ विश्व आदिवासी जनाजाति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशद्वारा पोखरामा आज आयोजित वृहत अन्तरक्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोन्धन गर्दै मन्त्री गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले नामले मात्रै पहिचान झल्किने भ्रमबाट आदिवासी जनजाति प्रष्ट हुनुपर्ने धारणा राखे ।

मन्त्री गुरुङले आदिवासी जनजातिहरुले सिमित समुदायको नामले मात्रै पहिचान नझल्किने बताउदै तथ्यपुरक धार्मिक, साँस्कृतिक तथा भाषिक पक्षहरु खोज्नुपर्ने बताए । उनले आदिवासी जनजातिका अगुवाहरुले भेला मात्र गरेर अधिकार प्राप्ति नहुने स्पष्ट पार्दै संवैधानिक व्यवास्था अनुसार नै अघि बढ्न सुझाव दिए ।

उनले आफु राजनैतिक पृष्ठभुमीबाट आएको बताउदै सबैभन्दा अगाडि राष्ट्र र राष्ट्रियताको सवाल महत्वपूर्ण हुने तर्क दिए । ‘म राजिनैतिक ब्याकग्राउण्डबाट आएको हुँ, पछि जनजाातिय आन्दोलनमा केही संलग्नता देखिएको हो । सुरुमा नेपाल र राष्ट्रियताको कुरा महत्वपूर्ण हुन्छ ।’ मन्त्री गुरुङले भने ।

उनले आदिवासी जनजातिको ईतिहास पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउदै सुरक्षित राख्नुपर्ने तर्क राखे । मन्त्री गुरुङले फरक प्रसंगमा आदिवासी जनजातिको परिभाषालाई प्रष्ट पार्दै केही खस समुदाय पनि जनजातिमा पर्ने बताए । ‘आदि भनेको आदिमकाल देखी वासी भनेको बस्दै आएका हुनाले सो प्रकारका जातिहरु आदिवासी हुन्’ मन्त्री गुरुङले भने, ‘जनाजाति भन्नाले राज्यको पहुँचमा नजिक आउदै गरेका जात हुन खोजेका समुदायलाई जनाजाति भनिन्छ ।’

उनले सिमित जातिको विरोध गर्नु भन्दा आफ्नै समुदायको कमजोरीहरुलाई खोज्दै तथ्यपुरक विषयहरुको अध्ययनसँगै संबैधानिक तवरले अधिकार प्राप्तिमा लाग्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पहिचानवादी विश्लेषक युग पाठकले आदीवासी जनजातिका अधिकारका आन्दोलन, नेकपाको कम्युनिष्ट आन्दोलन र नेपाली कांग्रेसको लोकतान्त्रिक आन्दोलन मृत्युशैयामा पुगेको तर्क राखेका थिए ।

उक्त कार्यक्रममा आदिवासी जनजातिको आन्दोलनमा योगदान पुर्याएको भन्दै आदीवासी अभियन्ता ईन्द्र बहादुर गुरुङ र झक बहादुर थापामगरलाई सम्मान समेत गरिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.