www.tandavnews.com
Fact ~ In search of truth

प्रतितोला चौबीस सयले बढ्यो सुन

काठमाडौं ।

नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला छ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ४०० ले बढेको छ ।

बुधबार प्रतितोला ९५ हजार ४०० मा झरेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला ९७ हजार ८०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९४ हजार ९०० बाट बढेर ९७ हजार ३०० पुगेको छ ।

Batas

तोलामा एक लाखमाथि पुगेको पहेँलो धातुको मूल्य केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो । यही साउन २३ गते स्थानीय बजारमा पहेँलो धातुको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाला सुन प्रतितोला एक लाख तीन हजार ५०० र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार पुगेको थियो । रासस

चाँदीको मूल्यमा पनि प्रतितोला रु ८५ वृद्धि भएको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला र एक हजार २९५ तोकेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.