www.tandavnews.com
Fact ~ In search of truth

सिन्धुपाल्चोक पहिरोःपाँचको शव फेला, ३३ बेपत्ता

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ ।

पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

Batas

पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए। घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.