www.tandavnews.com
Fact ~ In search of truth

सन्दिप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ ।
जिल्ला अदालत काठमाडौँले निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले नाबालिग बलात्कारका आरोपित लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएसँगै आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतको आदेशपछि लामिछानेलाई केन्द्रीय केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ ।

Batas

सोमबार काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्तीकरणीको मुद्दामा मङ्गलवारदेखि थुनछेक बहस सुरु भएको थियो ।

लामिछानेले ५ भदौमा सिनामंगलको एक होटलमा लगेर बलात्कार गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा एक नाबालिगको किटानी जाहेरी परेको थियो । जाहेरीका आधारमा प्रहरीले २४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले कात्तिक १४ गते लामिछानेलाई जिल्ला अदालत काठमाडौँमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.