www.tandavnews.com
Fact ~ In search of truth

छाडा चौपायलाई ट्यागिङ गर्दै महानगर

पोखरा
ताण्डव संवाददाता ।

सडकमा वेवारिसी अवस्थामा छोडिएका छाडा चौपाय नियन्त्रणको लागि गाई प्रजातिलाई पोखरा–लेखनाथ महानगरले ट्यागिङ कार्यक्रम अघि सारेको छ । यो कार्यक्रम महानगरले वडा १७ बाट सुरु गर्न लागेको हो ।

पशुहरुलाई नियमित ट्यागिङ गर्ने वनरसिप कार्ड प्रमाणिकरण सहित दिने र लगत लिने, बिक्री गर्नुपरेमा सम्बन्धीत पशुधनीले विक्री गरेको कृषक वा व्यवसायीक फार्मको भरपाई, नागरिकताको प्रतिलिपी र सम्पर्क नम्बर सहित लिई विक्री वितरण गरेमा कस्को पशु सडकमा आएको हो भनेर ट्याग नम्बरबाट एकिन गर्न सकिने व्यवस्था मिलाएको महानगरका मेयर मानबहादुर जिसीले जानकारी दिए ।

Batas

नयाँ थप गरिएका गाई र जन्मदै गरेका बाच्छाबाच्छीको २\२ महिनामा अभिलेखीकरण गरिने जनाइएको छ । १७ नम्बर वडाको पशु ट्यागिङ तथा अभिलेखीकरण कार्यक्रम यही फागुन २५ गतेदेखि चैत १५ भित्रमा सम्पन्न गर्ने गरी प्राविधिक परिचालन गरिने जिसीले बताए । ‘कार्यक्रमलाई निरन्तरता दिइने छ र आगमी दिनमा सम्पूर्ण वडामा समेत विस्तार गर्दै लानेछौं,’ उनले भने, ‘व्यवसायीक फर्महरु १७ वडामा बढी भएकोले सुरुवात त्यहीबाट गर्न लागेका हौं ।’ यसलाई पाइलट प्रोजेक्टको रुपमा लिएको जिसीले बताए ।

ट्यागिङ गरेको पशुलाई पनि वेवारिसी छोडेमा १० हजार देखि ढेड लाख सम्मको जरिवाना गरिने व्यवस्था रहेको उनले बताए । महानगरका पशुशाखा प्रमुख ठगेन्द्र अर्यालले पशु विकास कोषमार्फत किसानलाई राहतको मिलाइ पशु व्यवस्थापन गरिने बताए । उनका अनुसार हाल पोखरामा सात सयको हाराहारीमा वेवारिसी चौपायहरु सडकमा छन् ।

१७ वडाको प्रत्येक घरघरमा पुगेर पशुलाई ट्याग लगाइने उनले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.