www.tandavnews.com
Fact ~ In search of truth

वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना संक्रमण

वाग्मती ।

वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना संक्रमित भएका छन् । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि संकलन गरिएकोे उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गरे । हेटौँडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन् ।

Batas

कोरोना संक्रमण पुष्टि भए पनि उनमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् । उनीसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.