www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा कोरोनाबाट वृद्धाको मृत्यु, मृत्युपछि कोरोना पुष्टि

चितवन ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–३ गोठसोरमा एक वृद्धाको मृत्युपछि कोरोना पुष्टि भएको छ । एक सय आठ वर्षीया वृद्धाको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । उनको मंगलबार मात्रै पिसिआर परीक्षण नतिजा आएको हो । नतिजामा कोरोना संक्रमण देखिएको छ ।

साउन २४ गते क्यान्सर अस्पतालमा कार्यरत आफन्तले भेटघाट गरेर गएसँगै आफन्तको नमूना परीक्षणका क्रममा संक्रमित देखिएपछि उनको स्वाब संकलन गरिएको थियो । उनीसँगै ती संक्रमितको सम्पर्कमा आएकाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकामा मृतकको हेरचाह गर्ने चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Batas

मृतक वृद्धाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.