www.tandavnews.com
Fact ~ In search of truth

कोरोना खोपको ट्रायल नेपालमा , तीन कम्पनी इच्छुक

काठमाडौं ।

प्रस्तावित कोरोना भाइरसविरुद्धको खोप परीक्षण नेपालमा गरिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कुनै पनि देशमा बनेको खोपको ‘क्लिनिक ट्रायल’ को निम्ति नेपाल खुला रहेको छ ।

नेपालमा कोरोना विरुद्धको भ्याक्सिन परिक्षणका लागि तीन कम्पनी इच्छुक रहेको बताइएको छ । चीन, रुस र यूके अक्सफोर्ड भ्याक्सिन ग्रुप आफूले बनाएको खोप नेपालमा तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न इच्छुक रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । नेपालमा यीनै कम्पनीद्धारा उत्पादित खोप ट्रायलको प्रक्रिया अघि बढाइएको परिषद्ले बताएको छ ।

Batas

चीनको एक कम्पनीले कामदारमाथि ट्रायल गर्न अनुरोध गर्दै मन्त्रालयलाई पठाएको छ। यस सम्बन्धमा अनुसन्धान गरी निर्णय गर्न मन्त्रालयले आइतबार परिषद्लाई जिम्मा दिएको छ।

परिषद्ले यूके अक्सफोर्ड ग्रुपसँग पनि एक साताअघि वेबिनारमार्फत बैठक गरेको थियो। भने रुसले तयार पारेको खोप पनि अध्ययन, अनुसन्धान गर्न सरकारले कूटनीतिक पहल थालेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.