www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ : रायडाँडा जाने सडक महिना दिनदेखि अवरुद्ध

बागलुङ ।

अविरल वर्षात्का कारण बागलुङ नगरपालिकाको तित्याङ हुँदै भकुण्डे रायडाँडा जाने सडक महिना दिनदेखि अवरुद्ध भएको छ । अविरल वर्षात्का कारण गत साउनको १ गते बागलुङ नगरपालिका–९ तित्याङस्थित बुकेनीमा ठूलो पहिरो गएका कारण महिना दिनदेखि साविकका तीन गाविस जोड्ने सडक अवरुद्ध भएको हो ।

सडक भासिएर गएको पहिराले गर्दा तत्कालै सडक खुलाउन नसकिए पनि प्रयास भइरहेको बागलुङ नगरपालिकाले जनाएको छ । महिना दिन बित्दासमेत सडकको वैकल्पिक व्यवस्था हुन नसक्नु दुखद् भएको तित्याङका राजु केसीले गुनासो गरे ।

Batas

बुकेनीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसक्ने भन्दै तित्याङ वडा कार्यालयले पूर्वाधार निर्माण बिना सडक सञ्चालनमा नआउने बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष गणेश थापाले जानकारी दिए । यस सडकको बैरेनी गैरा र बागलुङ नगरपालिका–३ काठेखोलामा समेत ठूलो पहिरो गएको छ ।

भिरालो जमिन भएका कारण वैकल्पिक सडक निर्माण गर्न समेत समस्या भएको बागलुङ नगरपालिकाले जनाएको छ । साउनको पहिलो हप्ता बागलुङ जिल्लाका अधिकांश सडक वर्षात्का कारण अवरुद्ध भएपनि पानी कम पर्न थालेपछि सडक सञ्चालन भएपनि तित्याङ, भकुण्डे र रायडाँडा जोड्ने सडक खुलाउन सकिएको छैन ।

वडा कार्यालयले सडकलाई पुरानै अवस्थामा ल्याउन रु एक करोड बढी रकम खर्च लागने भन्दै गण्डकी प्रदेश सरकारलाई समेत आग्रह गरेको वडाध्यक्ष थापाले जानकारी दिए।

बागलुङ नगरपालिकाको डोजरले पहिरो पन्छाउन र नयाँ ट्रयाक खोल्न खोजे पनि हालसम्म सम्भव नदेखिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । पहिराका कारण तित्याङ, भकण्डे तथा रायडाँडामा खाद्यान्न ढुवानी गर्न र बिरामीलाई अस्पताल ल्याउन समेत समस्या भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.