www.tandavnews.com
Fact ~ In search of truth

रुपन्देहीमा कोरोना संक्रमित ५३ वर्षीय पुरुषको मृत्यु

रुपन्देही ।

रुपन्देहीको गैडहवा गाउँपालिका­ ३ निवासी ५३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

उनको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

Batas

बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर घाइते भएका उनको टाउकामा गम्भीर चोट लागेको थियो ।

टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्न उनको पिसीआर परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले बताए । कोरोना पोजेटिभ देखिएपछि उनलाई भैरहवा युनिभर्सल मेडिकल कलेजबाट भीम अस्पताल ल्याइएको थियो ।

उनको मृत्युसँगै रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संंख्या छ पुगेको छ भने कोरोना संक्रमित ६७४ छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.