www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२३ अपहरण काण्ड : तीन जनालाई सात दिनकालागि म्याद थप

पोखरा
ताण्डव न्यूज ।

अपहरण तथा शरिर बन्धक कसूरमा पक्राउ परेका तीन जनालाई सात दिनकालागि म्याद थप गरिएको छ । पक्राउ परेका पोखरा-२३का वडा सदस्य भरतराज भण्डारी, ठेकेदार बसन्त लामा र पोखरा २३ बस्ने टिकाराम भण्डारी “रामु” लाई अनुसन्धानकालागि म्याद थप गरि हिरासमा राखिएको हो ।

उनिहरुले भदौ ८ गते पोखरा २३का महादेब सापकोटालाई सोही ठाउँको खहरेखोलास्थित निर्माणधिन पुलबाट अपहरण गरेको कास्की प्रहरीले जानकारी दियो । सापकोटालाई अपहरण गरी कुटपिट गर्दै बा १४ च ८२७९ नंको कारमा राखेर पोखरा २३मै रहेको ठेकेदार लामाको फ्लायटमा थुनी राखेको अवस्थामा उद्धार गरेको हो ।

Lama collectio News Middle

पिडितको जाहेरीका आधारमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

सम्बन्धीत न्यूज

ठेकेदार लामा र वडा सदस्य भण्डारी ‘अपहरण’ गरेको आरोपमा पक्राउ

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery