www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर कोरोनाबाट दुई करोड ५० लाख बढी संक्रमित

आठ लाख ४२ हजार ७०२ को मृत्यु

काठमाडौं ।

कोरोनाभाइरसबाट विश्वभरी संक्रमितहरुको संख्या दुई करोड ५० लाखभन्दा बढी भएको छ ।

जोन हकिङ्गस विश्वविद्यालयले आइतबार दिएको जानकारी अनुसार विश्वभरी कुल संक्रमितको संख्या दुई करोड ५० लाख नौ हजार २५० पुगेको हो ।कुल संक्रमितमध्ये आठ लाख ४२ हजार ७०२ जनाको कोरोनाका कारण मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ ।

Batas

मृत्यु भएकामध्ये सबैभन्दा धेरै अमेरिकी रहेको पनि विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी संक्रमित हुनेहरुमा पनि अमेरिकीहरु नै सबैभन्दा धेरै रहेका छन् ।

पछिल्लो विवरण अनुसार अमेरिकामा ६१ लाख ३९ हजार ४६६ जना संक्रमित भएका छन् भने एक लाख ८६ हजार ८५७ जनाको मृत्यु भएको छ । त्यसैगरी दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३८ लाख ४६ हजार ९६५ जना संक्रमित हुदाँ एक लाख २० हजार ४९८ जनाको मृत्यु भएको छ ।

त्यस बाहेक धेरै संक्रमित भएका देशहरुमा क्रमशः भारत, रुस, पेरु, दक्षिण अफ्रिका, कोलम्बिया, मेक्सीको, स्पेन र चिली रहेका छन् । यद्यपि मृत्यु संख्या भने अमेरिका, ब्राजिलपछि मेक्सिको धेरै रहेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.