www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः ५ संक्रमितले गुमाए ज्यान, कास्कीका १९६ सहित ५७७ जनामा संक्रमण

४२७ संक्रमित सन्चो भए

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा ५ संक्रमितले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा कास्कीका १, नवलपरासीका १, स्याङ्जाका १, म्याग्दीका १ र तनहुँका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ४१ पुगेको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ५७७ संक्रमित थपिएका छन् ।संक्रमित हुनेमा कास्कीका १९६ जना, मुस्ताङ १, म्याग्दीका७, पर्वतका ५,गोरखाका ४९, लमजुङका ६२,तनहुँका १३, बागलुङका ६०, स्याङ्जाका ८६ र नवलपरासीका ९८ जना रहेका छन् ।
२८७ महिला र २९० पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको संख्या ७२ हजार ६२८ पुगेको छ ।

यस्तै सोही समयमा प्रदेशमा आज ४२७ जना सन्चो भएका छन् । आज सन्चो भएकासँगै हालसम्म ६५ हजार ५सय ९१ जनाले कोरोना जितेका छन् ।

हाल प्रदेशमा ५ हजार ८९६ सक्रिय संक्रमित छन् । जसमध्ये ५ हजार ६ सय ६१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.