www.tandavnews.com
Fact ~ In search of truth

आज देशभर १३ सय ५९ नयाँ संक्रमित थपिए,१४ को मृत्यु

१३५४ डिस्चार्ज

काठमाडौँ ।

नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित पछिल्ला २४ घण्टामा थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १३ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । अहिले संक्रीमतको संख्या ४४ हजार २३६ पुगेको छ ।

Batas

२४ घन्टामा १३ सय ५४ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएको छ । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई सय ७१ पुगेको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा १८ हजार चार सय चार जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ६१ जना क्वारेन्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.