www.tandavnews.com
Fact ~ In search of truth

कोरोना खोपः युकेमा सहभागी बिरामी, अक्सफोर्डले तत्काललाई रोक्यो परीक्षण

काठमाडौं ।

कोरोना भाइरस विरुद्धको खोपको तेस्रो चरणको परीक्षणमा सहभागी मध्येका एक व्यक्ति बिरामी भएपछि उक्त परीक्षण रोकिएको बिबिसीले जनाएको छ ।

बिबिसीको अनुसार एस्ट्राजेनेका र अक्सफर्ड यूनिभर्सिटीले बनाएको उक्त कोरोनाभाइरसविरुद्धको खोपको अन्तिम चरणको मानव परीक्षणमा सहभागी एक व्यक्ति यूकेमा बिरामी परेपछि उक्त परीक्षण तत्कालका लागि रोकिएको हो ।

Batas

एस्ट्राजेनेकाले यसलाई अस्पष्ट कारणले समस्या उत्पन्न हुँदा गरिने “नियमित” विराम भनेको छ। खोप परीक्षणमा स्वेच्छाले सहभागी भएका व्यक्ति बिरामी परेको समाचार पहिलो पटक प्रकाशित गरेको स्ट्याट न्यूजले एउटा स्रोतलाई उदृत गर्दै उनी निको हुने अपेक्षा गरिएको जनाएको छ

अहिले विश्वभरि विभिन्न खोपका परीक्षणहरू भइरहेका छन्।एस्ट्राजेनेका र अक्सफर्ड यूनिभर्सिटीले निर्माण गरेको खोपलाई परीक्षणमा भएकामध्ये केही अरूसँगै प्रभावकारी मानिएको छ।

पहिलो र दोस्रो चरणको परीक्षणमा सफल देखिएको उक्त खोप बजारमा चाँडै आउने अपेक्षा छ।केही सातायता सुरु भएको तेस्रो चरणको परीक्षणमा अमेरिका, यूके, ब्रजिल र दक्षिण अफ्रिकामा गरेर झन्डै ३०,००० व्यक्ति सहभागी छन्।

बिबिसीका मेडिकल सम्पादकका अनुसार हाल संसारभर जारी रहेको परीक्षण रोकिएको छ। उनका अनुसार अब स्वतन्त्र जाँच हुनेछ र खोपको सुरक्षा मानकको समीक्षा गरिनेछ। त्यसपछि नियामकहरूले परीक्षण पुनः सुरू गर्ने या नगर्नेबारेमा निर्णय लिनेछन्।

तेस्रो चरणको क्लिनिकल परीक्षणमा प्रायः हजारौँ मानिसहरू सहभागी हुन्छन् र यो वर्षौसम्म चलिरहन सक्छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.