www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा १२ जनामा संक्रमण,प्रदेशमा थपिए ६५ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा यो समाचार तयार पार्दा सम्म ६५ संक्रमित थपिएका छन् ।

Batas

पोखराका १२ सहित प्रदेशमा ६५ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा पोखराका १२, नवलपरासीका ३३, तनहुँका ११, लमजुङका ५, पर्वतका २ स्याङ्जाका २ जना रहेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहान जारी गरेको दोस्रो विज्ञप्तिमा पोखराका एक संक्रमित मेट्रोसिटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी उल्लेख गरिएकोमा उनी अस्पतालमा कार्यरत कर्मचारी नभएको पुष्टि भएको छ ।

उनी अस्पतालमा नमुना संकलनका लागि गएका पोखरा वडा नम्बर –९ का ३२ वर्षीय पुरुष भएको जनाइएको छ । एक महिला सोही अस्पतालमा उपचाररत रहेकी छिन् । त्यस्तै लमजुङकी एक महिला संक्रमित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेकी छिन् ।

 

थपिएका संक्रमितसँगै प्रदेशमा संक्रमितको संख्या २७९५ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.