www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२३ अपहरण काण्डका आरोपीलाई तेस्रो पटक म्याद थप

पोखरा
ताण्डव न्यूज ।

अपहरण तथा शरिर बन्धक कसूरमा पक्राउ परेका तीन जनालाई तेस्रो पटक म्याद थप गरिएको छ ।

पोखरा-२३ अपहरण काण्डमा पक्राउ परेका उनीहरलाई वडा प्रहरी कार्यालय वैदामले सोमबार तेस्रो पटक ८ दिनका लागि म्याद थप गरि हिरासतमा राखेको छ । पुनः म्याद थप गरि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

Batas

यसअघि वैदाम प्रहरीले पहिलो पटक ७ दिन, दोस्रो पटक १० दिनको म्याद थप गरि अनुसन्धान गरेको थियो ।

घटनामा संलग्न पोखरा–२३ का वडा सदस्य भरतराज भण्डारी, ठेकेदार बसन्त लामा र पोखरा–२३ बस्ने टिकाराम भण्डारी ‘रामु’ लाई भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामको टोलीले घटना स्थलबाटै पक्राउ गरेको थियो । अन्नपूर्ण गाउँपालिका–१ का महादेव सापकोटा (पिडित) ले अपहरणमा परेको भन्दै उनीहरु विरुद्ध १२ गते किटानी जाहेरी दिएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.