www.tandavnews.com
Fact ~ In search of truth

वडा नम्बर ७ का ५ प्रहरी सहित पोखरामा फेरि थपिए ११ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा फेरि ११ जना कोरोना संक्रमित थपिएका छन् ।

Batas

वडा नम्बर ७ मा कार्यरत ५ जना नेपाल प्रहरी सहित पोखरामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यस्तै वडा नम्बर १४ का ३ र वडा नम्बर ३ का तीन जनामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै नवलपरासीका ९ जना संक्रमित थपिएका छन् । प्रदेशमा यो सँगै २० संक्रमित थपिएका छन् ।

यसअघि पोखरामा ८ संक्रमित थपिएका थिए । प्रदेशमा संक्रमितको संख्या ३५२३ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.