www.tandavnews.com
Fact ~ In search of truth

सरकारी निर्णय उल्लंघन गर्ने गैह्रापाटनको अलब्राइट होस्टललाई कारवाही

पोखरा
ताण्डव न्यूज ।

निषेधित स्थान सञ्चालन गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले एक होस्टललाई कारवाही गरेको छ । पोखरा ४ गैह्रापाटनस्थित अलब्राइट होस्टल कारवाहीमा परेको हो ।

होस्टलमा विद्यार्थीहरुसमेत राखेर पठनपाठन गरिएको पाइएपछि कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले भिडभाड हुने स्थान मध्ये होस्टल सञ्चालनमा पनि निषेध गरेको छ ।

Batas

होस्टलकी सञ्चालीका ३२ वर्षिया सनसरी श्रेष्ठलाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.