www.tandavnews.com
Fact ~ In search of truth

बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ ।

लमजुङ र मनाङको एक मात्र बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । मंगलबारदेखि निरन्तर परेको वर्षाले गएरातिदेखि बाढीपहिरो जाँदा यसखण्डको बेँसीशहर नगरपालिका– ७ पुवाखोला र वडा नं– ६ खरखरेभीरमा सडक अवरुद्ध भएको हो ।

निरन्तर वर्षाले बाढी आउँदा पुवाखोलाले करिब पाँच÷छ मिटर सडक खोलेको र खरभरेभीरमा सडकमाथिबाट ढुङ्गामाटोसहितको पहिराले करिब ४० मिटर सडक अवरुद्ध बनाएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङका सवइञ्जिनीयर सुमन अधिकारीले बताए ।

Batas

सडक अवरुद्ध हुँदा सवारीसाधन आवजात हुनसकेको छैन । ‘पुवाखोलामा बाढी आउदा सडक खोल्ने गर्छ, हामीले ढुङ्गा माटो राखेर सडक सञ्चालन गर्ने गर्छौ तर दिगो समाधान हुनसकेको छैन’, उनले भने ।

त्यस्तै, खरखरेभीरमा सडक माथिको ठूलो पहिरो भएकाले त्यसलाई नियन्त्रण गर्न कठिन हुँदा पटक–पटक पहिरो जाँदा सडक अवरुद्ध हुँदै आएको छ । वर्षा निरन्तर भइरहेकाले उक्त स्थानमा गएको पहिरो तत्काल खुलाउन सम्भव नहुँदा यातायात सञ्चालनमा समस्या भएको उक्त कार्यालयले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.