www.tandavnews.com
Fact ~ In search of truth

देश छोडेर भाग्न खोज्ने दक्षिण कोरियाली कर्मचारीलाई उत्तर कोरियामा मृत्युदण्ड

काठमाडौं ।

दक्षिण कोरियाले आफ्ना एक सरकारी कर्मचारीलाई उत्तर कोरियाका सैनिकहरूले गोली हानी मारेको र उनको शव जलाएको दाबी गरेको छ।

उक्त घटनालाई क्रूर कार्यूको संज्ञा दिँदै सोलले त्यसको निन्दा गरेको छ।दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार ती कर्मचारी दुई देशको जल सीमा नजिकै गस्ती गर्ने एउटा डुङ्गाबाट बेपत्ता भएका थिए। उनको जलेको शव पछि उत्तर कोरियाको पानीमा भेटियो।

विभिन्न सुराकको विश्लेषणपछि उत्तरका सैनिकले उनलाई गोली हानेको अनि शरीरमा तेल खन्याएर आगो लगाइदिएको निष्कर्षमा सोल पुगेको छ।

यो आरोपबारे प्योङ्याङले कुनै प्रतिक्रिया दिएको छैन।उत्तर कोरियाले आफ्नो सीमामा कडाइ गरेको छ। देशमा कोरोनाभाइरस प्रवेश गर्न नदिने उद्देश्यले गोली हानेर मार्ने नीति लागु गरेको अनुमान गरिएको छ।

दक्षिणको रक्षा मन्त्रालयका अनुसार ४७ वर्षीय ती अधिकारी माछा मार्ने मामिला हेर्ने विभागमा कार्यरत थिए। यन्प्युङ टापुनजिकै उत्तर कोरियाको सीमाभन्दा १० किलोमिटर टाढा डुङ्गामा गस्ती गरिरहेको बेला सोमवार उनी हराएका थिए।

जुत्ता छोडेर लाईफ ज्याकेट लगाएर उनले डुङ्गा छोडेको जस्तो देखिएको दक्षिणका अधिकारीहरूले बताएका छन्।

उनले देश छोडेर भाग्न खोजेको अनुमान गरिएको छ। बिबिसीबाट

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.