www.tandavnews.com
Fact ~ In search of truth

लामाचौरस्थित नालामा पुरुषको शव फेला

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा एक वेवारिसे शव फेला परेको छ ।

पोखरा महानगरपालिा वडा नम्बर १६ लामाचौरस्थित घाटीपाटनको कच्चीरोड साइडको नालामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

अन्दाजी ३५/४० वर्ष मृत पुरुषको नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ ।

यसैबीच उता नवलपरासीमा पनि एक पुरुषको शव फेला परेको छ । मृत भेटिएका अन्दाजी ४५ वर्षीय पुरुष गम बहादुर कुमाल रहेको प्रहरीले बताएको छ । प्रहरीको अनुसार उनी नवलपरासी बुलिङटार गाउँपालिका ३ स्थित चम्घाह र टन्टार बीचमा रहेको भिरकुटी खोलामा मृत अवस्था भेटिएका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.