www.tandavnews.com
Fact ~ In search of truth

हिमालयन एनिमल रेस्क्यु टिमद्धारा सडक कुकुरलाई रेविज विरुद्धको खोप

पोखरा,
ताण्डव न्यूज ।

विश्व रेविज दिवस २०२० को अवसरमा हिमालयन एनिमल रेस्क्यु टिमले सडकमा लाबारिस हिड्ने कुकुरलाई रेविज विरुद्ध खोप लगाएको छ ।

यस गैर सरकारी संस्थाले खोपसगैँ घाईते सडक कुकुरको उपचार पनि गरेको संस्थाका सदस्य राजु पौडेले जानकारी दिए । पोखरा महानरपालिका पशु शाखा प्रमुख नवराज अधिकारीको संयोजकत्वमा उक्त कार्य सम्पन्न भएको हो ।

Batas

पशु विज्ञ केन्द्रका प्रमुख, डा.शोभा शर्मा, पशु रोग अन्वेषण प्रयोग शाखाका डा.केदारराज पाण्डे, डा.गणेश के.सी, डा भरतराज रेग्मी र नेपाल पर्यटनरी एण्ड लाइभस्टक एशोसियसनका पुष्पा बाँस्तोता खोप तथा उपचारमा खटिएका थिए ।

नेपाल पशु स्वास्थ्य प्राविधिक संघका सहदेव पौडेलको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा हिमालयन एनिमल रेस्क्यु नेपालका संस्थापक Juliette Cunliffe, वडा नम्बर १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीको उपस्थिती रहेको थियो ।

विशुद्ध सेवा मुलक संस्था हिमालयन एनीमल रेस्क्यु नेपालको टिमले विगत १ दशकदेखि नेपालको पशु स्वास्थ्य सेवा र उद्धारमा सक्रीय भुमिका निर्वाह गर्दै आइरहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.