www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ बजारको नांगा र गुजुल्टा तार हट्दै

बागलुङ ।

बागलुङ बजार अब नांगो ताररहित हुने भएको छ । उच्च अदालत पोखराले दिएको आदेशको दुई वर्षपछि मात्र बागलुङ बजारमा केबुलीकरण भएको हो ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बजारभित्रका सबै टोलमा नांगो तार हटाउने अभियानलाई पूर्णता दिन लागेको हो । अघिल्लो वर्ष करेन्ट लागेर मृत्यु भएका धेरै घटना बढेपछि प्राधिकरणलाई अदालतले आदेश जारी गरेको थियो ।

Batas

आदेशको पहिलो वर्ष केही स्थानमा केबुलीकरण गरेको प्राधिकरणले यो वर्ष भने बजार क्षेत्रमा पूरै केबुलीकरण गराएको प्राधिकरण बागलुङ बितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए ।

तत्कालीन मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश हरिप्रसाद पौडेलको संयुक्त इजलासले प्राधिकरणलाई चार महिनाभित्र नांगो तार हटाउन आदेश दिएको थियो ।

थोत्रा पोल फेरेर नयाँ पोल गाँड्न र सर्वसाधारणको ज्यानको जोखिम हुने काम नगर्नसमेत जारी भएको परमादेशको पूर्ण पालना हुन दुई वर्ष लागेको हो । अघिल्लो वर्ष चार जना र गत वर्ष पनि दुई जनाको करेन्ट लागेर मृत्यु भएको थियो । पटकपटकको आग्रह बेवास्ता भएको भन्दै बागलुङ नगरपालिका–१ का टेकबहादुर सार्कीले दायर गर्नुभएको रिटमा अदालतले आदेश जारी गरेको थियो ।

उक्त निवेदनका पक्षमा अधिवक्ता बद्रीप्रसाद शर्मा र विपक्षी प्राधिकरणको तर्फबाट अधिवक्ता रामप्रसाद कर्माचार्य र कुवेरनाथ पोखरेलले बहस गरेका थिए । । प्राधिकरणको बागलुङ वितरण केन्द्रबाट प्रसारण गरिएको ३३ केभीए र ११ केभीए प्रसारण गरिएको हाइटेन्सन लाइनबाट विद्युत् चुहावट भई दुर्घटना बढेको भेटिएपछि सोअनुसार सुधार गर्न आग्रह गरिएको थियो ।

बागलुङ बजारमा दुई वर्ष लगाएर नेपाल टेलिकमले पनि तार हटाएको छ । दुई हजार ४०० फाइबरमार्फत एडिएसएल लाइन र टेलिफोन लाइन विस्थापित गरेपछि पोलमा गुजुल्टा परेका तार हटाएको हो । प्राधिकरण र टेलिकमले तारमा रहेका गुजुल्टा फाल्ने काम गराइरहेका छन् ।

अब बागलुङ बजारमा निजी संस्थाले टाँगेका तार मात्रै बाँकी छन् । ‘निजी केबल कम्पनीका तारले अब बजारको कुरुप बनाएको छ, सरकारी तार बाँकी छैनन्’, नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले भने, ‘सडक नजिकै रहेका पोल पनि अब हट्नेछन् ।’

सडक मापदण्ड बढेअनुसार दुवै कार्यालयले खम्बासमेत टाढा पु¥याएका छन् । होचा र नजिकै रहेका खम्बा हटाएर सडक चौडा पार्ने काममा पनि उनीहरुले साथ दिएका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.