www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा डेढ महिनामा दुई हजार चार सय ५९ युनिट रगत संकलन

पोखरा ।

गण्डकी र धौलागिरि क्षेत्रअन्तर्गतका विभिन्न जिल्लामा क्रियाशील लायन्स क्लबको सक्रियतामा डेढ महिनाको अवधिमा दुई हजार ४५९ युनिट रगत संकलन भएको छ ।

कोभिड–१९ को संक्रमण रोक्न मुलुकमा भएको बन्दाबन्दीले रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएपछि यस क्षेत्रका ५२ क्लबले रक्तदान कार्यक्रमलाई तीव्रता दिँदै आएका हुन् ।

Batas

गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक सबै जिल्लाका रक्त संकलन केन्द्रको प्राविधिक सहयोगमा रगत संकलन गरिँदै आएको लायन्स क्लब अफ ३२५ (विवान) का डिपार्टमेन्ट प्रमुख बालकृष्ण शर्माले जानकारी दिए । लायन्स क्लब अफ शान्ति स्तूपा चौतारीद्वारा आज पोखरा– १७ स्थित विरौटाचोकमा आयोजित रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन भएको छ ।

क्षेत्रीय रक्त सञ्चार केन्द्रले सामुदायिक अस्पतालमा उपचाररत बिरामीलाई प्रतियुनिट रगत ५०० र निजी अस्पतालका बिरामीका लागि एक हजार लिने गरेको छ । जुन रकम प्रयोगशाला, प्रविधि, जनशक्तिलगायतको खर्च भएको केन्द्रले जनाएको छ । सरकारद्वारा सञ्चालन गरिएको स्वास्थ्य बीमामा रगतलाई पनि समावेश गरिनुपर्नेमा यस क्षेत्रका सर्वसाधारणले जोड दिँदै आएको छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.