www.tandavnews.com
Fact ~ In search of truth

पोखरा चाइनापुलबाट खसेका युवकको उपचारको क्रममा मृत्यु

पोखरा ।

आज बिहान पृथ्वीचोकमा रहेको चाइनापुलबाट खसेका युवकको मृत्यु भएको छ ।

शुक्रबार बिहान पोखराको पृथ्वीचोकमा रहेको चाइनापुलबाट सेती खोंचमा खसेका युवकको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अन्दाजी २१ बर्षीय युवकलाई खोंचमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनलाई घाईते र अर्धचेत अवस्थामा प्रहरीले खोचबाट निकालेका थिए ।
मृतक युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.