www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नवलपुर जिल्ला, विनय त्रिवेणी गाउँपालिका–२ दुम्किबासका ३६ वर्षीय पुरुषको हिजो भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनमा खोकी,श्वासप्रश्वास तथा कलेजोमा समस्या रहेको थियो ।उनमा असोज १३ गते संक्रमण पुष्टि भएको थियो । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३४ पुगेको छ ।

Batas

यसैबीच गण्डकी प्रदेशमा बिहानै ४३ संक्रमित थपिएका छन् । प्रदेशका ६ जिल्लाका ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । संक्रमित हुनेमा नवलपरासीका २६ जना, लमजुङमा ५ जना, तनहुँमा ४, गोरखा, स्याङ्जा र बागलुङका एक–एक जना रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४०५९ पुगेको छ । तनहुँका संक्रमित सबैजना बि.पी.कोईराला श्वासप्रश्वास उपचार केन्द्र तनहुँमा कार्यरत चिकित्सक, अनमी,सुरक्षागार्ड, लेखा र प्रशासनमा कार्यरत कर्मचारी रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.