www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा कुल संक्रमित ६ हजार ७९०, संक्रिय केस २ हजार ७०७

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा हाल सम्म कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ९० पुगेको छ । जसमध्ये ४ हजार १४ संक्रमित कोरोनाबाट बाँचेर घर फर्केका छन् भने अझै २ हजार ७ सय ७ संक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

निर्देशनालयको तथ्यांकको अनुसार प्रदेशमा ६९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । कास्की जिल्लाका मात्रै २४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । कास्कीमा संक्रमित संख्या २ हजार ४४ रहेको छ भने ७ सय ३४ जना निको भएका छन् । अझै १ हजार २ सय ८६ संक्रिय संक्रमित रहेका छन् ।

Batas

प्रदेशको ११ जिल्ला मध्ये कास्कीमा धेरै संक्रमित, संक्रिय केस र मृतक रहेका छन् । सबैभन्दा थोरै संक्रमण भएको जिल्ला मुस्ताङ रहेको छ । मुस्ताङमा एक जनामा मात्रै संक्रमण भएको थियो र उनी निको भइसकेका छन् । अहिले मुस्ताङ कोरोना संक्रमण मुक्त जिल्ला रहेको छ ।

संक्रमण धेरै हुने दोस्रो जिल्ला नवलपरासी रहेको छ । नवलपरासीमा हाल सम्म १ हजार ६ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४९ जनाले कोरोनालाई जितेका छन् । १४ जनाले ज्यान गुमाए । अझै ५ सय ४५ सक्रिय संक्रमित रहेका छन् ।

तनहुँमा हाल सम्म ७ सय ५० संक्रमित मध्ये ४ सय ९९ जना कोरोनामुक्त भएका छन् । १२ जनाको मृत्यु भयो । अझै २३९ सक्रिय केस रहेको छ ।

यस्तै गोरखामा ४३२ कोरोना संक्रमित मध्ये २४० जना निको भएका छन् । अझै १ सय ८५ सक्रिय संक्रमित रहेका छन् । ७ जनाले ज्यान गुमाए ।
उता लमजुङमा हाल सम्म ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको मध्ये ४ सय १७ जना निको भएका छन् भने हाल सम्म १ जनाले ज्यान गुमाए । अब १ सय ६ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै स्याङ्जामा हाल सम्म ५ सय ७ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये ४ सय २९ जना कोरोना मुक्त भएका छन् भने ५ जनाले ज्यान गुमाए । अब ७३ सक्रिय केस रहेको छ ।

पर्वतमा हाल सम्म १ सय ६६ संक्रमित संख्या रहेको छ । १२० जनाले कोरोना जितिसकेका छन् । अब ४६ सक्रिय संक्रमित रहेका छन् । पर्वतमा हाल सम्म कुनै कोरोना संक्रमितको ज्यान गएको छैन ।

बागलुङमा हालसम्म ६ सय ६१ संक्रमित मध्ये ४ सय ५९ जना निको भएका छन् । ४ जनाले कोरोनाकै कारण ज्यान गुमाए भने अब १ सय ९८ सक्रिय संक्रमित रहेका छन् ।

म्याग्दीमा ८८ संक्रमित मध्ये ५८ जना निको भए । २८ सक्रिय केस रहेको छ भने हाल सम्म २ जनाले ज्यान गुमाएका छन् । मनाङमा हाल सम्म ९ जनामा संक्रमण देखिएकोमा ८ जना निको भएका छन् अब १ सक्रिय संक्रमित रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.