www.tandavnews.com
Fact ~ In search of truth

कास्की अन्नपुर्ण गाउँपालिकाका ४७ वर्षीय संक्रमितको उपचारको क्रममा मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

कास्की जिल्लामा थप एक संक्रमितको ज्यान गएको छ ।

Batas

कास्की अन्नपुर्ण गाउँपालिका वडा नं ३ निवासी ४७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइं. सि.यु मा उपचारको क्रममा गएराती साढे ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक तथा सह प्रा.डा. अर्जुन आचार्यले बताए ।

मृतकमा कोभिड–१९, निमोनिया लगायतको समस्या रहेको जनाइएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या ७९ पुगेको छ । भने कास्कीमा संक्रमित मृतकको संख्या २७ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.