www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ५० सहित गण्डकीमा ८८ संक्रमित थपिए

पोखरा,
ताण्डव न्यूज ।

पोखराका ५० सहित गण्डकी प्रदेशमा ८८ संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा पोखराका ५०, बागलुङका १, गोरखाका ३३, लमजुङका २, तनहुँका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

पोखरामा थपिएका ५० संक्रमित मध्य ४० जना लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि पोखरामा गरिएको परिक्षणबाट पुष्टि भएको हो । अन्यको भरतपुर अस्पताल चितवन र क्षयरोग उपचार केन्द्र पोखराबाट पहिचान भएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय २८ पुगेको छ । जसमध्ये ४ हजार ३ सय ३५ संक्रमित निको भएका छन् । भने ३ हजार ३ सय २५ सक्रिय संक्रमित रहेका छन् ।

हाल सम्म प्रदेशमा ८० संक्रमितले ज्यान गुमाइसकेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.