www.tandavnews.com
Fact ~ In search of truth

उद्योगपति एवम् कांग्रेस नेता सूर्यबहादुर केसीको गएराती निधन

पोखरा,
ताण्डव न्यूज ।

पोखराका उद्योगपति एवम् काँग्रेस नेता सूर्यबहादुर केसीको निधन भएको छ । प्रतिनिधिसभा सदस्य एवम् काँग्रेस केन्द्रीय सदस्य समेत रहेका केसीको गएराती आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मृगौला प्रत्यारोपण गरेका केसी सुगर र प्रेसरका बिरामी रहेका थिए । गएराती अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि चरक मेमोरियल अस्पताल लैजाँदै गर्दा उनको निधन भएको जनाइएको छ।

Batas

उद्योगपति केसी नेपालमै पहिलो चाउचाउ राराको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक र माछापुच्छ्रे बैंकका संस्थापक समेत हुन् ।
विगतमा राप्रपाका केन्द्रीय कोषाध्क्ष रहेका केसी पहिलो संविधान सभामा सभासद समेत रहेका थिए । भने ३ वर्ष अघि संघीय संसदको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट समानुपातिकबाट संघीय सांसद बनेका हुन् ।

केसीको आजै (मंगलबार) पोखराको शान्तिघाटमा अन्त्यष्टि गरिने भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.