www.tandavnews.com
Fact ~ In search of truth

कोरोना प्रभावित खेलाडीलाई ह्याण्डबल संघको नगद सहयोग

पोखरा ।

नेपाल ह्याण्डबल संघले कोरोनाबाट प्रभावित खेलाडीलाई राहतस्वरुप नगद सहयोग प्रदान गर्ने भएको छ ।

कोरोनाका कारणले विगत सात महिनादेखि खेलकूद गतिविधि बन्द हुँदा प्रभावित बनेका खेलाडीलाई राहत प्रदान गर्ने निर्णय गरिएको संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

Batas

ह्याण्डबल खेलको विकासमा योगदान गर्ने पूर्व अन्तराष्ट्रिय खेलाडी धनुषाका पवनलाल कर्ण, उदयपुरका मातृका राई, सुर्खेतका भुवन शाही, सशस्त्र प्रहरीबलमा कार्यरत अन्तर्राष्ट्रिय खेलाडी सन्दीप कार्की र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी सिरहाका रञ्जित सिंहलाई नगद सहयोग गरिने संघले जनाएको छ ।

राष्ट्रिय खेलाडीलाई १५ हजार तथा अन्तरराष्ट्रिय खेलाडीलाई जनही २० हजारका दरले राहत उपलब्ध गराइने बताइन्छ । पूर्व अन्तर्राष्ट्रिय खेलाडी कर्णलाई नगद ५० हजार प्रदान गरिने भएको छ । निजी विद्यालयमा कार्यरत उनको जागीर गुमेकाले सो सहयोग गर्न लागिएको संघका सचिव केशव पाठकले बताए।

उनले भने, ‘कोरोनाबाट प्रभावित खेलाडीहरुलाई राहतका लागि हामीले आह्वान गरेका थियौँ जसमा पाँच खेलाडीले सहयोग माग्नुभएको छ । केही दिनभित्रमानै जिल्लास्थित संघ तथा केन्द्रीय सदस्यहरुमार्फत खेलाडीलाई राहत रकम प्रदान गर्छौैँ ।’

कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि संघले यसअघि महिला तथा पुरुष खेलाडी तथा रेफ्री गरी १८० जनाको कोरोना बीमा गरेको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.