www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन उद्योग चाँडै पुरानै लयमा फर्किन्छ :पर्यटन सचिव कोइराला

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले विश्वव्यापी महामारी कोभिड–१९ का कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग चाँडै आफ्नो पुरानो लयमा फर्कनेमा विश्वस्त रहेको बताएका छन् ।

नवनियुक्त सचिव कोइरालाको स्वागतका लागि नेपाल पर्यटन बोर्डले आज भृकुटीमण्डपस्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले पर्यटन उद्योगलाई पूर्ववत अवस्थामा फर्काउन निजी क्षेत्रसँग सहकार्य गरी नयाँ नौलो र प्रभावकारी योजना र रणनीति बनाउन जरुरी भएको बताए।

Batas

बोर्ड कार्यकारी समितिका अध्यक्षसमेत रहेका सचिव कोइरालाले बोर्डका गतिविधिलाई प्रभावकारी तुल्याउन सबै संयन्त्रलाई सक्रिय ढङ्गले परिचालन गरिनुपर्नेमा जोड दिए ।

बोर्डको कार्यकारी समिति सदस्य दीपक महतले आजको विषम र प्रतिकूल परिस्थितिमा नेपालको निजी क्षेत्रका पर्यटन व्यवसायीले सरकारबाट सहयोग र भरथेगको अपेक्षा गरेको कुरामा जोड दिए ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बोर्डको चिनारी, नीतिगत व्यवस्था र पछिल्ला दिनका बोर्डका कार्यसम्पादनका विषयमा प्रस्तुतीकरण दिएका थिए। बोर्डको एकल युनियनका अध्यक्ष कुन्दन मिश्रले बोर्ड र कर्मचारीका यावत समस्या र समाधानका विषयमा धारणा राख्नुभएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.