www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीको मन्त्रीहरुलाई निर्देशन: ‘पार्टीमा संकट आउन सक्छ सामानाका लागि तयार हुनुहोस्’

काठमाडौँ ।

प्रधानमन्त्री एव्म नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले पार्टीमा संकट आउन लागेको भन्दै त्यसको सामानाका लागि तयार हुन मन्त्रीहरुलाई निर्देशन दिएको जनाइएको छ ।

दुई अध्यक्षले पार्टीभित्र देखिएको संकट निवारणका लागि छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।यद्यपि के–के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

Batas

दुई अध्यक्षबीच झण्डै डेढ घण्टा वार्ता भएको बताइएको छ । तर आजको छलफलले कुनै निष्कर्ष भने निकालेको छैन ।आजको छलफलमा पनि अध्यक्ष प्रचण्डले सचिवालय बैठक राख्नुपर्ने अडान दोहोर्‍याएको बताइएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.