www.tandavnews.com
Fact ~ In search of truth

३० दिने बालकसहित पोखरामा ४ संक्रमितको मृत्यु

गण्डकीमा संक्रमणबाट ज्यान जानेको संख्या १००

पोखरा
ताण्डव न्यूज ।

पोखरामा थप ४ संक्रमितले ज्यान गुमाएका छन् ।

३० दिने बालकसहित पोखराका छुट्टाछुट्टै अस्पतालमा उपचाररत ४ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

निर्देशनालयले दिएको जानकारी अनुसार पोखराका एक ३० दिने कोरोना संक्रमित बालकको आज बिहान सवा १२ बजे मृत्यु भएको छ । बालकको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा कोभिड–१९ साथै निमोनियाको समस्या रहेको जनाइएको छ ।

यस्तै पोखरा –१० का ५७ वर्षीय कोरोना संक्रमित पुरुषको सोही अस्पतालमा उपचारको क्रममा गएराती साढे ११ बजे मृत्यु भएको जनाइएको छ । उनमा कार्तिक २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया , उच्च रक्तचाप लगायतको समस्या रहेको थियो ।

यस्तै गएराती नै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अर्का संक्रमितले पनि ज्यान गुमाएको निर्देशनालयले जनाएको छ । मृत्यु हुनेमा बागलुङ जैमिनी नगरपालिका –९ का २९ वर्षीय पुरुष रहेका छन् । उनको गएराती ८ बजेर ५० मिनेटको समयमा मृत्यु भएको हो । उनमा कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनियाको समस्या रहेको उल्लेख गरिएको छ ।

यस्तै गण्डकी मेडिकल कलेजमा पनि आज एक संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा –१७ का ७५ वर्षीय वृद्धको आज बिहान ९ बजे उपचारको क्रममा निधन भएको हो । उनमा कार्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १०० पुगेको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.