www.tandavnews.com
Fact ~ In search of truth

पोखराका थप ४ संक्रमितको मृत्यु,गण्डकीमा मृतक संख्या १११ पुग्यो

थपिए १९७ संक्रमित, १३० जना कास्कीका मात्रै

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा थप ४ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा उपचाररत पोखराका ४ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

मृत्यु हुनेमा एक पोखरा महानगरपालिकाका ८२ वर्षीय संक्रमित वृद्धा रहेका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा हिजो साँझ ६ बजेर ५० मिनेटको समयमा मृत्यु भएको हो । उनमा कार्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा १७ का ७४ वर्षीया संक्रमित वृद्धाको हिजो साँझ गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालले पुष्टि गरेको छ । उनमा कार्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै अर्का मृत्यु हुनेमा पोखरा १० का ८६ वर्षीय वृद्ध संक्रमित रहेका छन् । उनको गएराती ११ बजेर ४१ मिनेटको समयमा फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा महानगरपालिका वडा नम्बर ११ का ६० वर्षीय संक्रमित पुरुषको आज बिहान करिब साढे ११ बजे निधन भएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या १ सय ११ पुगेको छ। यसैबीच गण्डकी प्रदेशमा आज १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये कास्कीका मात्रै १ सय ३० जना रहेका छन् । अन्य संक्रमित प्रदेशका अन्य जिल्लाका रहेका छन् ।यो सँगै गण्डकीमा संक्रमितको संख्या ९ हजार ३ सय ५५ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.