www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश १ मा एकै दिन ९ संक्रमितले ज्यान गुमाए,रुपन्देहीमा अनमीसहित ३ संक्रमितको मृत्यु

बुटवल ।

रुपन्देही जिल्लामा एक अनमीसहित ३ संक्रमितको मृत्यु भएको । बुटवलका २ र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की ४८ वर्षीया अनमीको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । उनी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य केन्द्रकी सिनियर अनमी रहेको जनाइएको छ ।

Batas

यस्तै सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुषको पनि भीम अस्पताल भैरहवामा मृत्यु भएको छ । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ८९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।

यसैगरी कपिलवस्तुका एकजना कोरोना संक्रमितको बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ का ७९ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

यसैबीच प्रदेश १ मा एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरमा आठ जना र सुन्दरहरैंचा नगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

विराटनगरमा मृत्यु भएका आठजनाको उपचारको क्रममा मृत्यु भएको हो भने सुन्दरहरैंचाका एक संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको जनाइएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.