www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टामा ३५३८ जना डिस्चार्ज, थपिए १४४२ संक्रमित थपिए

काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा देशमा १ हजार ४ सय ४२ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या दुई लाख १२ हजार नौ सय १७ पुगेको छ ।

६ हजार सात सय ३१ जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ३८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ८२ हजार सात सय ८० पुगेको छ ।

Batas

अब नेपालमा २८ हजार आठ सय ७८ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.