www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरकी उप–प्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण

गुरुङ लेख्छिन्,‘ छिट्टै कोरोनालाई परास्त गरेर नागरिकको सेवामा हाजिर हुन्छु ’

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उप–प्रमुख गुरुङलाई आज विहीबार कोरोना संक्रमण पुष्टि भएको हो । उप–प्रमुख गुरुङले आज विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएकी छिन् । गुरुङले आफु होम आइशोलेसनमा रहेको जनाएकी छिन् ।

Batas

उप–प्रमुख गुरुङले लेखेकी छिन् ,‘विश्वभर महामारीको रुप लिएर फैलिरहेको कोभिड–१९ बाट म पनि अछुटो रहन सकिन त्यसैले यतिखेर म आफ्नै घरमा आइशोलेसनमा छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । छिट्टै कोरोनालाई परास्त गरेर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाईरससँग लडि रहेछु । ’

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.