www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा कोरोना : हालसम्म ९१ जनाको मृत्यु, सक्रिय संक्रमित संख्या ३ हजार नाघ्यो

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

पोखरा महानरपालिकामा हालसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ४५ सय नाघेको छ । पछिल्लो समय दैनिक सय बढीको हाराहारीमा संक्रमण पुष्टि भइरहँदा संक्रमितको कुल संख्या ४ हजार ५ सय ४७ पुगेको हो ।

कुल संक्रमित मध्ये १ हजार ४ सय ४० संक्रमित निको भइसकेका छन् । यस समाचार तयार पार्दासम्म पोखरा महानगरमा ३ हजार २६ जना संक्रिय संक्रमित छन् भने संक्रमण पुष्टि भएका ९१ जनाको मृत्यु भएको छ ।

Batas

कुन वडामा कति संक्रमित ?

ताण्डव न्यूजलाई प्राप्त महानगरपालिकाको तथ्यांक अनुसार वडा नं १मा १२९ जनामा संक्रमण पुष्टि भयो जसमध्ये ४९ जना निको भइसकेका र ७८ जना सक्रिय संक्रमित छन् । वडा नं १ मा २ ना संक्रमितको मृत्यु भएको छ ।

वडा नं २मा कुल संक्रमित संख्या ८६, निको भएका १० र सक्रिय संक्रमितको संख्या ७६ छ ।

वडा नं ३मा हालसम्म १४६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३६ जना संक्रमणमुक्त भइसकेका छन् भने १०७ जना सक्रिय संक्रमित छन् । संक्रमण पुष्टि भएकामध्ये ३ जनाको मृत्यु भएको छ ।

यस्तै, वडा नं ४मा ११२ जना सक्रिय संक्रमित छन् । १६२ जनामा संक्रमण पुष्टि भएकोमध्ये ५० जना डिस्चार्ज भएको तथ्यांकमा उल्लेख छ ।

वडा नं ५मा २४१ जनामा कोरोना भाइरस संक्रमणि पुष्टि भएकोमा ८३ जना डिस्चार्ज भइसकेका छन् भने ३ जनाको मृत्यु भएको छ । यहाँ सक्रिय संक्रमित संख्या १५५ छ ।

वडा नं ६मा हालसम्म संक्रमण पुष्टि भएका एकको मृत्यु भएको छ । १५२ कुल संक्रमित मध्ये सक्रिय संक्रमित ९६ छन् भने ५५ जना डिस्चार्ज भइसकेका छन् ।

वडा नं ७मा कुल संक्रमित संख्या २८० छ । ८९ संक्रमित डिस्चार्ज भइसक्दा १९१ सक्रिय संक्रमित छन् ।

वडा नं ८मा हालसम्म ३३९ जना कोरोना संक्रमित देखिए । जसमध्ये २२७ सक्रिय र ११० संक्रमित डिस्चार्ज भएका छन् । ३ जना संक्रमितको मृत्यु भएको छ ।

५ संक्रमितको मृत्यु भएको वडा नं ९मा १६३ जना संक्रिय संक्रमित छन् । २३८ कुल संक्रमित भएका यस वडाका ७२ जना डिस्चार्ज भएका छन् ।

वडा नं १०मा पनि कोरोना संक्रमण पुष्टि भएकामध्ये ३ संक्रमितको मृत्यु भएको छ । यहाँ ३०७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २०५ जना सक्रिय र ९९ जना डिस्चार्ज भएका छन् ।

वडा नं ११मा कुल संक्रमित संख्या १५१ रहेकोमा २२ जना डिस्चार्ज भएपश्चात् १२८ जना सक्रिय संक्रमित छन् । एक संक्रमितको मृत्यु भएको छ ।

वडा नं १२मा ९१ जना सक्रिय संक्रमित छन् । १३७ जनामा संक्रमण पुष्टि भएकोमा ४४ जना डिस्चार्ज भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।

यस्तै, वडा नं १३मा कुल संक्रमित संख्या १२२ रहेको छ । ४१ जना डिस्चार्ज भइसकेका छन् भने ५ संक्रमितको मृत्यु भएको छ । यस वडामा हालसम्म ७८ जना सक्रिय संक्रमित छन् ।

वडा नं १४मा पनि ३ संक्रमितको मृत्यु भएको तथ्यांक छ । यहाँ ११९ जना सक्रिय संक्रमित छन् भने ७६ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म यहाँ १९८ जनामा संक्रमण पुष्टि भएको छ ।

वडा नं १५मा कुल संक्रमित संख्या २४० रहेको छ । ७ जना संक्रमितको मृत्यु, ९४ जना उपचारपछि डिस्चार्ज र सक्रिय संक्रमित संख्या १३९ रहेको छ ।

वडा नं १६मा हालसम्म १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७३ जना संक्रमणमुक्त भएका छन् भने २ संक्रमितको मृत्यु भएको छ । यहाँ ५९ जना सक्रिय संक्रमित छन् ।

३५७ कुल संक्रमित संख्या रहेको वडा नं १७मा ११० जना डिस्चार्ज र २३८ जना सक्रिय संक्रमित छन् । यस वडामा सबैभन्दा बढी ११ जना संक्रमितको मृत्यु भएको छ ।

वडा नं १८मा हालसम्म २४ जना सक्रिय संक्रमित छन् । १३ जना संक्रमणमुक्त भइसकेका यस वडामा २ जनाको मृत्यु भएको छ । यहाँ हालसम्म ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा नं १९मा यस समाचार तयार गर्दासम्म ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७ जना डिस्चार्ज र २५ सक्रिय संक्रमित रहेको यस वडामा १ संक्रमितको मृत्यु भएको छ ।

वडा नं २०मा हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ । कुल संक्रमित संख्या ३२ रहेकोमा ११ जना डिस्चार्ज भइसकेका छन् भने १९ जना सक्रिय संक्रमित छन् ।

वडा नं २१ हालसम्म २२ जनामा संक्रमण पुष्टि भयो । जसमध्ये १४ जना संक्रमणमुक्त भइसकेका छन् भने सक्रिय संक्रमित संख्या १० रहेको छ ।

कुल संक्रमित १६ जनामध्ये वडा नं २२मा एकको मृत्यु भएको छ । ९ जना डिस्चार्ज भएका छन् भने ६ जना सक्रिय संक्रमित छन् ।

वडा नं २३मा हालसम्म १० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ जना डिस्चार्ज र ५ जना सक्रिय संक्रमित छन् ।

यस्तै, वडा नं २४मा २ जना सक्रिय संक्रमित छन् । ४ जना डिस्चार्ज भइसक्दा यहाँ हालसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वडा नं २५मा कुल संक्रमित संख्या ५७ रहेकोमा २ जनाको मृत्यु भएको छ । ३६ सक्रिय संक्रमित रहेको यस वडाका १९ जना डिस्चार्ज भएका छन् ।

वडा नं २६मा कुल संक्रमित ८७ मध्ये २६ डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ । यहाँ ५९ सक्रिय संक्रमित छन् ।

वडा नं २७मा हालसम्म १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये ५८ जना डिस्चार्ज भएका छन् भने २ संक्रमितको मृत्यु भएको छ । यहाँ ८४ जना सक्रिय संक्रमित छन् ।

वडा नं २८मा एक संक्रमितको मृत्यु भएको छ । ६ जना संक्रमणमुक्त भइसकेका यस वडामा १३ जना सक्रिय संक्रमित रहेका छन् । यस वडामा हालसम्म २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नं २९मा हालसम्म ६४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ३३ जना सक्रिय र ३१ जना डिस्चार्ज भएका छन् ।

७२ जनामा कोरोना संक्रमण पुष्टि भएको वडा नं ३०मा २१ जना डिस्चार्ज भइसकेका छन् भने ५१ जना सक्रिय संक्रमित छन् ।

यस्तै वडा नं ३१मा हालसम्म एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कुल संक्रमित संख्या ४१ रहेकोमा २० जना संक्रमणमुक्त भइसकेका छन् भने सक्रिय संक्रमित संख्या २० रहेको छ ।

कुल संक्रमित संख्या ३३ रहेको वडा नं ३२मा एक संक्रमितको मृत्यु भएको छ । १३ संक्रमित संक्रमण मुक्त भइसक्दा यहाँ १८ जना सक्रिय संक्रमित छन् ।

वडा नं ३३मा हालसम्म ३१ जनामा संक्रमण पुष्टि भएकोमा १६ जना डिस्चार्ज भइसकेका छन् । यहाँ १५ जना सक्रिय संक्रमित छन् ।

पोखरा महानगरमै अन्य नखुलेका ४०३ जनामा संक्रमण पुष्टि भएका छन् । यि मध्ये २३ जनाको मृत्यु भएको ताण्डव न्यूजलाई प्राप्त तथ्यांकमा उल्लेख छ । ३४ जना संक्रमण मुक्त भइसकेका छन् भने सक्रिय संक्रमित ३४६ रहेको छ ।

मेयर सा’ब के भन्छन् ?

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उपचारका लागि आवश्यक पुर्वाधारहरु तयार भैरहेको जनाउँदै नागरिक पनि सचेत हुनुपर्ने बताउँछन् । ‘कोरोना समुदाय स्तर फैलिसकेको अवस्थामा हामीले उपचारका लागि आवश्यक पूर्वाधारहरु तयार गरिरहेका छौँ । अस्पतालहरुसँग समन्वय भैरहेको छ । महानगरवासीको सहज उपचारका लागि लागिरहेका छौँ’ उनले भने ‘अब नागरिकहरुपनि सचेत हुनुपर्यो । कोरोना नलागुन्जेल नडराउने, स्वास्थ्य सतर्कता नअपनाउने, लागेपछि मात्रै आत्तिने हुनुभएन ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.