www.tandavnews.com
Fact ~ In search of truth

नेपाल कोरोना अपडेटः ४ सय ३८ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं
पछिल्लो २४ घण्टामा मुलुकभर ४ सय ३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ४ हजार ९ सय ७२ जनामा आरटिपिसिआर परीक्षण गरिएकोमा ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ हजार ९ सय ५९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ७५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ८ सय १७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३ सय ४५ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् ।

त्यस्तै नेपालमा हाल १० हजार ५ सय ५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.