www.tandavnews.com
Fact ~ In search of truth

‘विकासका लागि सिंहदरबारको गेट कुर्ने दिन गए’ : प्रदेश सांसद गाहामगर

माधव भुसाल
नवलपुर, ताण्डव न्यूज ।

गण्डकी प्रदेश सांसद रोशन गाहामगरले संघियताकै कारण विकासका कार्यहरुले गति लिएको बताएका छन् । प्रदेश तथा स्थानीय तह गठनपछि विकासका कार्यहरुमा केन्द्रकै बजेट कुर्नुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाई छ ।

संघियताको औचित्यता प्रष्ट्याउँदै उनले भने ‘पहिला पहिला सिंहदरबार पुगेर, गेटमा कति बेला नाम आउँछ र भित्र जान पाइन्छ भनेर कुर्नुपथ्र्यो, अहिले त्यो अवस्था छैन । प्रदेश सरकार र स्थानीय तहको समन्वयमा योजना छनौटदेखि बजेट पार्ने कुराहरु सहज भएको छ । स–साना देखि ठूला विकासका कार्यहरुले गति लिएका छन् ।’

Batas

गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको बजेटमा निर्मित नवलपरासी (बर्दघाट सूस्ता पूर्व) स्थित देबचुली नगरपालिका–१२ अन्तर्गत कुनाघाट–गैँडी–सिताबास मार्गको आइतबार उद्घाटन गर्दै उनले विकासका कार्यहरु पार्टी केन्द्रित हुन नहुने बताए । ‘विकासको कुरामा यो पार्टी, त्यो पार्टी भन्नु हुँदैन । अहिले यस क्षेत्रबाट मैले प्रतिनिधित्व गर्छु, यसपछि अरु कोही आउनुहोला । हामी सबैका प्रतिनिधि हौँ’ उनले भने ‘ त्यसैले विकासका पूर्वाधार देखि जनताको जिवनस्तर उकास्ने कुरामा जुनसुकै पार्टीको आएपनि दत्तचित भएर उत्तरदायी हुनुपर्छ ।’

उद्घाटन समारोहमा बोल्दै देबचुली नगरपालिकाकी उपमेयर पार्वता तिवारीले नगरको विकासका लागि जनप्रतिनिधिहरु लागिपरेको बताइन् । पूर्वाधारहरु मात्रै नभएर आर्थिक उन्नयनका बिषयमा पनि नगरपालिका अघि बढीरहेको उनको भनाई थियो ।

देबचुली–१२का वडाध्यक्ष दिनानाथ भुसालले निर्वाचनका बेला जनतासामु गरिएका बाचाहरु कार्यान्वयन गर्न दत्तचित्त भएर लागिरहेको बताए । ‘विजय र्याली गर्दैगर्दा यहि स्थानमा धुलो उड्थ्यो । त्यतिबेला हामीले भनेका थियौँ, यो बाटोमा धुलो उड्नेछैन । अहिले प्रदेश सरकारको बजेटमा बाटो पिच भएको छ । हामीले गरेका बाचाअनुसार कार्यहरु भइरहेका छन्’ उनले सुनाए । कार्यक्रमको संचालन वडा सदस्य भिम तिवारीले गरेका थिए ।

११ सय २८ मिटर लामो कुनाघाट गैँडी सिताबास मार्ग ९० लाख १० हजार ४ सय ५० रुपैयाँ लागतमा अस्फाल्ट प्रविधि प्रयोग गरि कालोपत्रे गरिएको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.