www.tandavnews.com
Fact ~ In search of truth

पल्सर स्पोर्टस अवार्डको मुख्य सह–प्रायोजक डिश मिडिया

काठमाडौं ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य सह–प्रायोजकको रुपमा डिश मिडिया नेटवर्क लिमिटेड जोडिएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले हिजो(बुधबार)डिस मिडिया नेवकर्ट लिमिटेडसँग मुख्य सह–प्रायोजक सम्बन्धि सम्झौता गरेको हो ।

Batas

मञ्चका महासचिव प्रज्वल ओली र डिश मिडियाका प्रबन्ध निर्देशक सुदिप आचार्यले प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।मुख्य सह–प्रायोजकको रुपमा डिस मिडियाले अवार्ड कार्यक्रमलाई नगद र जिन्सी गरि ११ लाख रुपैयाँ बराबरको सह–प्रायोजन गर्नेछ ।

सम्झौता वापत डिस मिडियाले अवार्डका लागि ७ लाख नगद र ४ लाख बराबरको जिन्सी उपलब्ध गराउने छ । जिन्सी अनुसार डिस मिडियाले अवार्ड विजेता खेलाडीलाई १३ थान कनेक्सनको दुई वर्षको रिचार्ज सहितको सेवा उपलब्ध गराउनेछ । यस्तै, २० जना मनोनयनमा परेका खेलाडीलाई २० थान डिस होम कनेक्सन एक वर्षको रिचार्ज सहित र १३ थाप सेट–अप बक्स दुई वर्षको रिचार्ज सहित उपलब्ध हुने सम्झौता पत्रमा उल्लेख छ ।

खेल क्षेत्रबाट राष्ट्रलाई अतुलनीय योगदान गरेर देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड’ को १७ औं संस्करण यस वर्ष पुस २८ गते आयोजना हुदैछ ।

अवार्डअन्तर्गत गत हप्तामात्र पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको थियो ।सो विधामा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन् ।

मनोनयनमा परेका खेलाडीले आफ्नो क्याम्पेनिङ पनि सुरु गरिसकेका छन् । पिपल्स च्वाईस अवार्डको विजेता चयन ई–सेवाबाट भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा गरिनेछ । ई–सेवाबाट भोटिङ प्रक्रिया समेत सुचारु भईसकेको आयोजकले जनाएको छ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा अवार्ड कार्यक्रमकै दिन गरिने मञ्चका महासचिव प्रज्वल ओलीले बताए ।

यसपटक एक अन्तर्राष्ट्रिय खेलपत्रकारलाई पनि सम्मान गरिने मञ्चले जनाएको छ ।अवार्डको मुख्य प्रायोजकको रुपमा हशंराज हुलास चन्द एण्ड कम्पनी रहेको छ । अवार्डलाई सह–प्रायोजनको रुपमा सूर्य नेपाल प्रालि, रुस्लान, कामारु टे«डिङ प्रालि (अन्तर्राष्ट्रिय ब्राण्ड केल्मीको आधिकारिक बिक्री वितरक केल्मी नेपाल), टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउन प्लाजा, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको समेत सहयोग रहनेछ

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.