www.tandavnews.com
Fact ~ In search of truth

‘तामाङ मातृभाषा कविता’ प्रतियोगितामा हिरामायाको ‘योना हाउले होई’ उत्कृष्ट

पोखरा
ताण्डव न्यूज ।

कोकोम्हेन्दो साहित्य समाज पोखराले आयोजना गरेको प्रथम तामाङ मातृभाषा खुला (व्हाईखा) कविता प्रतियोगिताको उपाधि हिरामायाको ‘योना हाउले होई’ (छिटो आउनु है) ले जितेको छ ।

२८५८ औ सोनाम ल्होछारको अवसरमा तामाङ मौलिक लोक संस्कृतिको उजागर गर्ने उद्देश्य सहित आयोजित सो प्रतियोगितामा १४ प्रतिस्पर्धीको रचनालाई पछि पार्दै काभ्रेकी हिरामायाको कविताले उपाधि जितेको हो ।

Batas

निर्णायक समितिको संयोजक समेत रहेका लेखक तथा साहित्यकार तिर्थ तामाङ, मिनमाया तामाङ र दिपक तामाङ टोलीको निर्णय अनुसार प्रतियोगितामा काभ्रेकै रचना मोक्तान ‘यात्री’ को ‘छ्योर्तेन’ (स्मारक¬) कविताले द्वित्तिय स्थान हाँसिल गर्याे ।

यसैगरी बारा जिल्लाका माधव खतिवडाको ‘व्हाईखा ल्हो ल्हो’ ¬(कविता जस्तै जस्तै¬) र ललितपुरका बुद्धराम थिङको ‘टिगा ए तामाङ हिन्ना ?’ (के तिमी तामाङ हौ ?) शिर्षकको दुई रचना तृतीय बनेको प्रतियोगिता संयोजक दिपक तामाङले जानकारी दिए । उनका अनुसार रामेछापका उदय बहादुर लामाको ‘उन्मा’ (उहिले) र सिन्धुलीका रुपक जमरा घलानको ‘ङाला रिमठिम’ (मेरो रितिरिवाज) ले सान्त्वना स्थान हाँसिल गर्याे ।

प्रतियोगिताबाट प्रथम, द्वित्तिय, तृतीय र सान्त्वना स्थान हाँसिल गरेको कविहरुलाई पोखरामा एक कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण गरिने संयोजक तामाङले बताए । ‘हामीले सोसलसाईट मार्फत देशका विभिन्न जिल्ला र विदेशबाट प्रतिभा संकलन र छनौट गर्याै, उनले भने, ‘अहिले नतिजा मात्रै प्रकाशन गरेका छौ । कोरोनाको महामारी केही कम भएपछि पोखरामै भव्य कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण गर्नेछौ ।’

संयोजक तामाङले प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतीय र सान्त्वना स्थान हाँसिल गरेका कविहरुलाई जनही प्रमाणपत्र सहित क्रमश १० हजार, ८ हजार, ६ हजार र ३ हजार प्रदान गरिने बताए । सो प्रतियोगितामा काभ्रे, बारा, ललितपुर, सिन्धुली, कास्की, लमजुङ, चितवन लगायतका जिल्लासँगै अमेरिकाबाट समेत रचना पठाएका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.