www.tandavnews.com
Fact ~ In search of truth

सांस्कृतिक सम्पदा पुनःनिर्माण गर्न भारतबाट ४ अर्ब २० करोड अनुदान

ताण्डव

भूकम्पले भत्केका ललितपुर, नुवाकोट, रसुवा र धादिङका १४ वटा सांस्कृतिक सम्पदा तथा अन्य ९ जिल्लाका १ सय ३ वटा स्वास्थ्य केन्द्र पुनः निर्माणका लागि भारत सरकारले रु ४ अर्ब २० करोड अनुदान प्रदान गर्ने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज यहाँ आयोजित एक संक्षिप्त कार्यक्रममा यहाँस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अधिकारीले हस्ताक्षर गरेका छन् । भत्केका सांस्कृतिक सम्पदा तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रेका १ सय ३ वटा स्वास्थ्य केन्द्र उक्त अनुदानबाट पुनःनिर्माण गरिनेछ ।

Batas

भारत सरकारको अनुदान सहयोगमा ७ जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृतिक सम्पदाका साथै गोरखा र नुवाकोटमा ५० हजार वटा घर निर्माण भइरहेका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.