www.tandavnews.com
Fact ~ In search of truth

निषेधाज्ञामा काठमाडौंका बैंकका सबै शाखा खुला रहने

काठमाडौं ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् । नेपाल बैंकर्स संघले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ ।

संघले विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ । सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्याअवाश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरेको छ ।

Batas

बैंकका सबै शाखामा ग्राहकको भिडभाड बढी हुने हुँदा भिडकम गर्नका लागि ग्राहकलाई अनुरोध गरिएको संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनले नागद (नोट) कारोबारभन्दा बढी अनलाइनमार्फत कारोबार गर्न आग्रह गरे ।

संघले निषेधाज्ञाको समयमा बैंकका शाखा तथा एटीएम बुथहरू खुला रहने भन्दै इन्टरनेटरमोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन सम्पर्क गर्न समेत आग्रह गरेको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.