पोखरा,
ताण्डव न्यूज ।
१ सय ११ औं नारी दिवसका अवसरमा पृथ्वीनारायण क्याम्पस नेपाली विभागका लागि नेपाली कांग्रेसकी नेतृ सरस्वती गुरुङले पुस्तक सहयोग गरेकी छिन् ।
नेपाली विभागले विभागीय पुस्तकालय सञ्चालनका लागि नेपाली कांग्रेस, निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकी केन्द्रिय सदस्य सरस्वती गुरुङले नारी दिवसको अवसर पारि सोमबार पुस्तक सहयोग गरेकी हुन् ।

नारी दिवसको दिन गुरुङसंगै समाजसेवी तथा नेतृहरु गिता पंगेनी पौडेल, गुड्डु केसीले विभागका प्रमुख प्रा.डा. कुसुमाकर न्यौपानेलाई पुस्तक हस्तान्तरण गरिन् । सोही अवसरमा समाजसेवी रमा प्राशरले समेत पुस्तक सहयोग गरेकी थिइन् ।
सहयोग पुस्तक ग्रहण गर्दै विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपानेले विभागले करिब १ हजारभन्दा बढी पुस्तक पनि संकलन गरिसकेको बताए । उनका अनुसार अभियान सञ्चालन भएदेखि धेरैले पुस्तक उपलब्ध गराउदै आएका छन् । नेपालका विभिन्न स्थान, अमेरिका र बेलायतबाट समेत श्रष्टाले पुस्तक पठाएको उनले बताए ।
उनले आफूले सञ्चालन गरेको अभियानमा साथ दिएको उनले धन्यवाद व्यक्त गरे । ‘विद्याकी प्रतिक सरस्वती हुन उनी पनि नारी नै थिईन्,’ उनले भने, ‘नारी दिवसको दिन सरस्वती गुरुङले सहयोग गर्नु संयोग नै हो, उहाँले गरेको सहयोग हामीले सधैं सम्झिरहने छौं ।’
पुस्तकालय स्थापनासँगै विद्यार्थी र प्राध्यापक प्रत्यक्ष रुपमा विभागसँग जोडिने, पठन संस्कृतिको विकास हुने, नेपाली भाषा, साहित्य र संस्कृतिबारे अन्र्तक्रिया हुँदै जाने उनले धारणा राखे । गत साउन ८ गते यता आफू विभागीय प्रमुखको जिम्मेवारीमा आएपछि मासिक रुपमा गोष्ठी सञ्चालन गर्नुका साथै पुस्तकालय स्थापनाको अभियान थालेको न्यौपानेले बताए ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.