www.tandavnews.com
Fact ~ In search of truth

सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीद्वारा जसपालाई निम्तो

काठमाडौं,
ताण्डव न्यूज ।

सरकारमा सहभागी हुनका लागि प्रधानमन्त्री केपि शर्मा ओलीले जनता समाजबादी पार्टी (जसपा) लाई औपचारिक आग्रह गरेका छन ।

जसपाका अध्यक्ष महन्थ ठाकुर ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी नहुने बताएपनि प्रधानमन्त्रीले पुन आग्रह गरेका हुन् ।
जसपाका सांसद एकवाल मियाँले सरकारमा जानेबारे अहिले पार्टीमा कुनै छलफल नभएको बताए ।

Batas

प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भएपनि यसबारे पार्टीमा छलफल बाँकी रहेको अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने, तर समर्थन जनाउने नीति लिएको मियाको भनाई छ ।

‘हामी एक पक्ष सरकारमा जाँदा पार्टी फुट्ने डर हुन्छ हामी अहिले बाहिरै बसेर सरकारलाई समर्थन जनाउने विषयमा पार्टीमा कुरा भैरहेको छ ।” उनले भने ।
प्रधानमन्त्रीले जसपालाई दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन आग्रह गरेको मियाँले बताए । सरकारको समीकरणलाई लिएर जसपामा हाल दुई समूह बनेको छ। महन्थ–राजेन्द्र पक्ष ओलीलाई सघाउनुपर्ने पक्षमा छन् भने अर्को उपेन्द्र यादव तथा बाबुराम भट्टराई पक्ष ओलीको विपक्षमा छन्।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.