www.tandavnews.com
Fact ~ In search of truth

अब एसिड हान्नेलाई २० वर्ष कैद !

पोखरा ।

सरकारले एसिड आक्रमण सम्बन्धि हुने कारबाहीमा कडा कानुन ल्याउने भएको छ ।

पछिल्लो समय एसिड आक्रमण बढ्न थाले पछि सरकारले एसिड आक्रमणमा संलग्न हुनेलाई कडा कारबाही गर्ने भएको हो । सरकारले एसिड आक्रमणमा संलग्न हुनेलाई २० वर्षसम्म कैद हुने गरी कानुन ल्याउन लागेको हो । हालको कानुनी व्यवस्थाअनुसार एसिड आक्रमणमा संलग्न हुने अपराधीलाई ८ वर्ष सम्मको कैद सजायको व्यवस्था रहेको छ ।

Batas

सरकारले एसिड दुरुपयोगबाट हुने अपराध र यसको जथाभावी खरिदबिक्रि बढ्न थालेपछि नियन्त्रण गर्न कठोर व्यवस्था राखेर अध्यादेश तयार पारेको हो ।

सरकारले दुई अध्यादेश तयार पारेको छ । दुई मध्ये एउटा अध्यादेश एसिड आक्रमण, कैद जरिवाना, र क्षतिपूर्ति सम्बन्धि रहेको छ भने अर्को अध्यादेश एसिड खरिदबिक्री, आयात, भण्डारण र प्रयोग सम्बन्धि रहेको छ ।

स्रोतको अनुसार एसिड आक्रमणबाट कसैको ज्यान गए अहिले भएकै अधिकतम सजाय जन्मकैदलाई यथावत् राख्ने र अंगभंग र शरीर कुरूपलगायत गराए २० वर्षसम्म कैद हुने गरी मस्यौदा बनाइएको छ । यो अपराधमा संलग्नलाई सजाय छुट दिन नमिल्ने प्रावधान पनि मस्यौदामा छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.